डार्क कमेडी फिल्म ‘झोले’को दश दिने ग्रस कलेक्सन सार्वजनिक भएको छ । निर्माण युनिटले दिएको रिपोर्ट अनुसार यो फिल्मले दश दिनमा काठमाडौं र मोफसल गरी ९२ लाखको ग्रस कलेक्सन गरेको छ ।
.jpg)
फिल्मको व्यापार बारे जानकार निर्देशक दिपेन्द्र के.खनालले नेपालको लगानीबाट ‘झोले’ले ५५ लाख रुपैयाँको लगानी रिकभर गर्ने पक्का भएको बताए । निर्देशक खनालका अनुसार मोफसलका मुख्य १८ शहरका हलमा ‘झोले’ प्रदर्शन हुन बाँकी छ । प्रदर्शन हुन बाँकी हल र विदेश बिक्रीबाट निर्माता टेकेन खड्कालाई केही लाख फाइदा समेत हुने निर्देशक खनाल दाबी गर्छन् ।
दयाहाङ राई, प्रियंका कार्की र ए. गुरुङको मुख्य भूमिका रहेको ‘झोले’को अमेरिकी प्रदर्शन अधिकार बिक्री भैसकेको छ भने अष्ट्रेलिया, युके, डेनमार्क र हङकङ लगायतका मुलुकमा प्रदर्शन गर्ने बारे प्रक्रिया चल्दैछ । ‘झोले’का निर्माताले फिल्म निर्माणमा भन्दा प्रचारमा बढी रकम खर्चिएका थिए ।

