अभिनेत्री निशा अधिकारी बंगाली फिल्ममा देखिने भएकी छिन् । ‘गुड इभिनिङ काठमाडौं’ र ‘अन्डर द सेम स्काइ' नामक बंगाली फिल्म खेल्ने सम्झौता भएको अभिनेत्री अधिकारीले आफ्नो फेसबुक पेजबाट खुलाएकी हुन् ।
सर्वोच्च शिखर सगरमाथाको सफल आरोही अभिनेत्री अधिकारीले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, ‘मोडिएको मेरो करिअरप्रति निकै नै उत्साहित छु । नेपाली फिल्म क्षेत्रको लागि यो कोसेढङ्गा सावित हुन सक्छ ।’
फिल्मको अन्य कास्ट एण्ड क्रियु, सुटिङ सुरु हुने समय र लोकेशन बारे केही पनि खुलाएकी छैनन् । भर्खरै अर्पण थापा निर्देशित 'मुखौटा' फिल्मको छायाँकन सकाएकी अभिनेत्री अधिकारी अभिनित ‘भिमदत्त’ फिल्म प्रदर्शनको क्रममा छ ।

