Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हङकङमा `१२ नेपाली एक चिहान` प्रदर्शन गरिने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/12

२०६१ भदौ पन्ध्र गते (नेपालीका लागि कालो दिन) इराकमा हत्या गरिएका १२ जना नेपालीको विषय माथि निर्माण गरिएको 'बाह्र नेपाली एक चिहान' फिल्मको प्रदर्शन हङकङमा हुने भएको छ । नेपाल चलचित्र एसोसियसन हङकङको आयोजनामा आगामी अप्रिल १९ तारिखका दिन फिल्म प्रदर्शन गर्न लागिएको हो ।

 


 

रोजगारीको क्रममा बिदेशमा मारिएका व्यक्तिहरूको बालबच्चाको छात्रवृती कोष सञ्चालनका सहयोगार्थ च्यारिटी गर्न लागिएको आयोजकले जनाएको छ । यो अभियानमा साथ दिन आयोजकले हङहङ निवासी नेपालीहरूलाई आग्रह गरेको छ । हङकङको याउ मा तेई हलमा स्थानिय समयअनुसार साँझ ७ बजे फिल्म देखाईने छ ।

 

अरूण प्रधानले निर्देशन गरेको यो फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ति लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता संगीता प्रधान, रबिन श्रेष्ठ, रबिन राई र भाईसन बर्देवा हुन् ।