Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.09/5.00)
Text size:-
+
-

`ब्ल्याक एण्ड ह्वाइट`ले मलेसियामा पाएन सुटिङ प्रमिट । एक सातामा नै फर्कियो युनिट

फिल्मीखबर, क्वालालम्पुर, 2014/03/12

झण्डै एक महिना मलेसियामा बसेर सुटिङ नगरी नेपाल फर्केको 'ब्ल्याक एण्ड ह्वाईट' फिल्म निर्माण युनिट गत साता पुन: मलेसियामा देखिएको थियो । सुटिङका लागि मलेसियाको आएको युनिट एक साता नबित्दै नेपाल फर्केको छ ।

 

सुटिङ 'प्रमिट' नपाउनु र प्राबिधिक कठिनाई झेल्नुले 'ब्ल्याक एण्ड ह्वाईट'को सुटिङ मलेसियामा हुने सम्भावना न्यून देखिएको छ । निर्माता बर्षा राउतले कुनै पनि हालतमा मलेसियामा सुटिङ हुने बताउँदै आएकी छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार यो फिल्मको सुटिङ अब नेपालमा नै हुने भएको छ । फिल्मको गीतलाई भने मलेसियामा नै सुटिङ गर्ने सम्भावना युनिटले देखाएको छ ।

 

गत साता निर्देशक निरक पौडेल, अभिनेता जीवन लुईटेल र छायाँकार पुरूषोत्तम प्रधान मलेसिया आएका थिए भने निर्माता बर्षा राउत, स्क्रिप्ट राईटर शिवम अधिकारी, करियोग्राफर कविराज गहतराज मलेसियामा नै सुटिङको तारतम्य मिलाईरहेका थिए । सुटिङ गर्ने अनुमती पाउन नसकेपछि सम्पूर्ण युनिट नेपाल फर्किएको हो । अब नेपालमा यो फिल्मको सुटिङ कहिले हुन्छ भन्ने जानकारी बाहिरिएको छैन ।

 

निर्माताले मलेसियामा सुटिङ गर्न २५ लाख रूपैंया भन्दा बढि रकम खर्चिएको समाचार यसअघि नै आईसकेको छ । लगानीको झण्डै आधा रकम खर्च भईसकेको हुनाले पनि निर्माताले गीत सम्म भएपनि मलेसियामा सुटिङ गर्ने सम्भावना देखिएको हो ।