
यसअघि 'भिजा गर्ल' फिल्म बनाएको कर्पोरेट कम्पनी सिजी इन्टरटेन्मेन्टसँग मिलेर कामना मासिक पत्रिकाले 'कामना फिल्म अवार्ड' गर्ने भएको छ । शुक्रबार साँझ राजधानीमा समारोहका विच अवार्ड गरिने बारे औपचारिक जानकारी गराईयो ।

इन्टरफेस नेपालद्धारा आयोजित ६० सेकेण्ड सर्ट फिल्म फेस्टिवलमा संजय चौलागाईद्वारा निर्देशित फिल्म 'नफर्किएकाहरु' विजेता बनेको छ । शुक्रवार थिएटर भिलेज लाजिम्पाटमा सम्पन्न फेस्टिवलमा विजेताको अवार्डसँगै उनले नगद २५ हजार पनि हात पार्न सफल भएका छन् ।

नृत्य निर्देशक गोविन्द राईले पहिलो पटक निर्देशन गरेको फिल्म ‘नागबेली’ को पोस्टर तथा प्रोमोमा स्थान नदिएपछि निर शाहले घुमाउरो शैलीमा टिप्पणी गरेका छन् । शाहको टिप्पणी ठट्यौली थियो या असन्तुष्टी ? बुझ्न गार्हो भयो ।

देशभर सफलताकासाथ प्रदर्शनरत फिल्म 'छ एकान छ'को अनलाइन पाइरेसी गर्ने सन्दीप मगर पक्राउमा परेका छन् । फिल्मका निर्माता दिपकराज गिरीले उजुरी दिएपछि महानगरिय प्रहरी प्रभाग हनुमानढोकाले २४ घण्टा भित्रमा अपराधीलाई पक्राउ गरेको हो ।

गोविन्द राई निर्देशित फिल्म ‘नागबेली’ को पहिलो प्रोमो सार्वजनिक गरिएको छ । एक सय बढी फिल्मको नृत्य निर्देशन गरेका निर्देशक राईले ‘नागबेली’ को प्रोमोलाई महंगो देखाउने प्रयास गरेका छन् ।

सार्वजनिक कार्यक्रममा ध्यान नदिएर बोल्दा विभिन्न खाले टिकाटिप्पणी हुन्छ भन्ने कुराको ज्ञान अभिनेत्री हर्षिका श्रेष्ठलाई भएको हुनुपर्छ । आफु अभिनित फिल्म ‘नागबेली’ को प्रेस मिटमा बोल्ने मौका पाएकी हर्षिकाको बोलीलाई लिएर युनियन हाउस परिसरमा कानुखुसी मात्रै चलेन उनको बोल्ने क्षमता माथि नै प्रश्न धेरैले उठाए ।

