मान्छे किन आत्महत्या गर्छ ? विविध कारण हुन् सक्लान् । विविध कारण मध्येको एउटा कारणलाई मुख्य आधार बनाएर बिक्रम थापाले फिल्म निर्देशन गरेका छन् । जसको शिर्षक नै ‘आई ह्याब अ रिजन टु डाई’ जुराइएको छ ।
.jpg)
निर्देशक थापाले यो फिल्म वास्तविक घटना माथि निर्माण भएको बताए । कस्तो घटना ? उनले फिल्मीखबरसँग भने, ‘वास्तविक घटना सार्वजनिक नगर्ने सहमती भएको छ । शहरको एउटा वास्तविक घटनालाई हामीले फिल्मीकरण मात्रै गरेका हौं ।’
निना थापा र अरुण लुइँटेलको संयुक्त लगानी रहेको फिल्ममा कृष्ण पराजुली र सुस्मिता ढकालले मुख्य पात्र भएर अभिनय गरेका छन् । आउँदो वैशाख १९ गते सार्वजनिक प्रदर्शनको मिति तोकेको ‘आई ह्याब अ रिजन टु डाई’ को आज अनामनगरस्थित मण्डला नाटकघरमा एक औपचारिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा फिल्ममा समावेश गीतको अडियो सार्वजनिक गरियो ।
.jpg)
चार गीत समावेश फिल्ममा प्रतिक थापाले संगीत दिएका छन् भने राजेश थापा, सन्दिप श्रेष्ठ, निरोज श्रेष्ठ र सन्तोष कार्कीले खिचेका छन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिले फिल्मको सफलताको कामना गरे । ‘आई ह्याब अ रिजन टु डाई’ वितरणको जिम्मा करण श्रेष्ठले लिएका छन् ।

