मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

एनएफडिसी अवार्ड भाग ३ मनोनयन सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/04/22

नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करणको प्रारम्भिक मनोनयन भाग ३ सार्वजनिक भएको छ । हरेक चार-चार महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग ३ अन्र्तगत २०७० पौष १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २८ फिल्मको मुल्यांकन गरिएको छ ।

 

संयोजक सहित ५ सदस्य रहेको निर्णायक समितिबाट १७ बिधाका लागि मनोनयन सार्वजनिक गरिएको हो । सर्वाेत्कृष्ट निर्देशकको बिधामा विकास आचार्य (नाई न भन्नु ल २), दिनेश डिसी (छ एकान छ), प्रविन श्रेष्ठ (मोक्ष), स्व. शिब रेग्मी (पराई), यादव भट्टराई (झोला) उत्कृष्ट ५ को मनोनयनमा पर्न सफल भएका छन् । यस्तै “हिरा” सर्वोत्कृष्ट फिल्मको मनोनयमा ‘छ एकान छ’, ‘झोला’, ‘मोक्ष’, ‘नाई न भन्नु ल २’ र ‘पराई’ रहेका छन् ।

 

“शिब” सर्वोत्कृष्ट अभिनेताको उत्कृष्ट ५ मनोनयनमा चलचित्र ‘झोले’ बाट दयाहाङ राई, ‘छ एकान छ’ बाट दिपकराज गिरी, ‘ऋतु’ बाट राजवल्लभ कोइराला, ‘फिटकिरी’ बाट सौगात मल्ल र ‘आधी बाटो’ बाट यश कुमार रहेका छन् । “भुवन” सर्वोत्कृष्ट अभिनेत्रीको बिधामा गरिमा पन्त (झोला), केकी अधिकारी (बितेका पल), प्रियंका कार्की (झोले), नम्रता श्रेष्ठ (मेघा) बाट र निता ढुङगाना (छ एकान छ)बाट मनोनयनमा परेका छन् ।

 

“नीर” सर्वोत्कृष्ट सह अभिनेता, “बसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, “विश्व” सर्वोत्कृष्ट नवअभिनेता, “चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री, “चेतन” सर्वोत्कृष्ट पटकथा लेखन, “तुलसी” सर्वोत्कृष्ट सम्पादक, “मञ्जु” सर्वोत्कृष्ट छायाँकार, “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, “वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, “उदित” सर्वोत्कृष्ट पाश्र्व गायक, “शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत, “प्रदीप” सर्वोत्कृष्ट ध्वनी पुनः मुद्रण, “शम्भु” सर्वोत्कृष्ट संगीतकार सहित २० विधामा अवार्ड वितरण गरिनेछ ।