मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.20/5.00)
Text size:-
+
-

अभिनेत्रीको वैकल्पिक व्यवसाय रेष्टुरेन्ट

फिल्मीखबर, काठमाण्डौ, 2014/04/23

अभिनेत्री नम्रता श्रेष्ठ वर्तमान फिल्म क्षेत्रकी व्यस्त अभिनेत्री हुन् । एउटा फिल्म खेले वापत मोटै रकम लिने नम्रता स्वयम् दाबी गर्छिन् । व्यस्त नम्रतादेखि फुर्सदमा रहेकी अभिनेत्री सुष्मा कार्कीसम्म वैकल्पिक व्यावसायतिर सोझिएका छन् । अभिनेत्रीका वैकल्पिक व्यवसाय रेष्टुरेन्ट सञ्चालन देखिएको छ ।

 

‘नोभेम्वर रेन’ अभिनेत्री नम्रता श्रेष्ठले रेष्टुरेन्ट सञ्चालनमा धेरै वर्ष भैसक्यो । पार्टनरसिपमा नम्रताले लाजिम्पाटमा ‘एटिक’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । फुर्सदमा नम्रता ‘एटिक’मै रमाउने गर्दछिन् । अभिनेत्री सुष्मा कार्कीले भने प्रेमीसँगको सहकार्यमा भर्खरै ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् ।

 

‘जय संगत’ जप्ने अभिनेत्री पूजना स्त्रीले पुरानो बानेश्वरमा ४ वर्ष अगाडीदेखि ‘चौरासी व्यञ्जन’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् । रेष्टुरेन्टबाट मुनाफा भएरै होला पूजना यतिबेला आफ्नै लगानीमा ‘चकलेट’ नामक फिल्म निर्माणको प्रक्रियामा छिन् । अभिनेत्री रुपा खनाल पनि रेष्टुरेन्ट व्यावसायी हुन् । प्रदर्शनन्मुख फिल्म ‘राहदानी’की अभिनेत्री खनालले लाजिम्पाटमा ‘रोयल क्याफे’ नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छिन् ।

 

प्रौढ अभिनेत्री मौसमी मल्ल पनि रेष्टुरेन्ट सञ्चालनको चक्करमा छिन् । पछिल्लो पटक मौसमीले निर्माण गरेको फिल्म ‘समय’ ले लगानी उठाउने व्यापार गर्न नसकेपछि मौसमी गृह जिल्ला चितवनमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा लागेकी हुन् । अभिनेत्री मात्र हैन अभिनेतासहित अन्य फिल्मकर्मी पनि रेष्टुरेन्ट सहित अन्य वैकल्पिक व्यवसायमा व्यस्त छन् ।