मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केको असन्तुष्टी `रेड मनसून` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/23

‘लुट’ पश्चात नयाँ धार भनिने फिल्मको व्यवसाय सर्वाधिक हुन सकेको छैन । यद्पी नयाँ धारका फिल्मले नेपाली मौलिक विषयको उठान भने गरेका छन् । यस्तै मौलिक विषय बोकेको फिल्म ‘रेड मनसून’ आउँदो वैशाख २६ गते अल नेपाल प्रदर्शन हुँदैछ । यही मितिमा मूलधारका दुई फिल्म ‘दमदार’ र ‘मेरो वेस्ट फ्रेन्ड’ प्रदर्शन हुँदैछन् ।

 

‘रेड मनसून’ मूलधारका फिल्मले जन्माएको असन्तुष्टीको उपज निर्देशक इलम दिक्षितल रहेको प्रतिक्रिया दिए । निर्देशक दिक्षितले भने, ‘रेड मनसून हाम्रै मुलुकको फिल्म हो । सँगै मूलधारका फिल्मको असन्तुष्टीको उपज पनि । हामीले आफ्नो मौलिकतालई मुख्य विषय बनाएका छौं ।’

 

‘रेड मनसून’ ले काठमाण्डौको परिवेश, भेषभूषा, रहनसहन र बाजागाजालाई मुख्य विषय बनाएको छ । इलमको ‘रेड मनसून’ मा सृष्टि घिमिरे, सरित गिरी, हिमाली लिक्षित, सन्दिप क्षेत्री, सुदाम सीकेको मुख्य भूमिका छ । ‘रेड मनसून’को कथा करुणा शर्माले लेखेकी हुन् ।