मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र केकी व्यस्त हुने भएपछि...

फिल्मीखबर, काठमाण्डौ, 2014/04/23

सुटिङ सकिएको तीन वर्ष पछि प्रदर्शनमा आउने लागेको फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचारमा मुख्य दुई अभिनेत्रीको अभाव हुने भएको छ । अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी एउटै मितिमा एउटै फिल्मको सुटिङमा व्यस्त हुने भएपछि ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचार प्रसारमा सहभागी हुन नपाउने भएका हुन् ।

 

‘मेरो वेस्ट फ्रेन्ड’ प्रदर्शन हुने एक साता पहिल्यै प्रियंका र केकी सुवर्ण थापाको फिल्मको सुटिङमा व्यस्त हुनेछन् । ‘मेरो वेस्ट फ्रेन्ड’ वैशाख २६ गते प्रदर्शन हुँदैछ, प्रियंका र केकी वैशाख १८ मै फिल्म सुटिङका लागि पोखरा जाँदैछन् । वैशाख १४ देखि १७ गतेसम्म ‘आवरण’ फिल्मको प्रचारमा मोफसल दौडाहमा जाने प्रियंकाले भनिन्, ‘प्रचारमा समय नमिल्ने भएपछि मैले रिलिज डेट सार्न निर्माण युनिटसँग अनुरोध गरेको छु ।’

 

निर्देशक प्रसन्न पौडेलले फिल्मको रिलिज डेट सार्न नमिल्ने बताए । उनले भने, ‘आफ्नो फिल्मको प्रचार कसरी गर्ने त्यो उहाँहरुको नैतिकतामा भर पर्छ ।’ प्रियंकासँगै फिल्म सुटिङमा व्यस्त हुने अभिनेत्री केकीले भने एक हप्ता प्रचार प्रसारमा जुट्ने बताइन् । रेखा थापा र सविन श्रेष्ठ अभिनित ‘दमदार’ र इलम दिक्षितको ‘रेड मनसून’सँग वैशाख २६ गते मैदानमा उत्रन लागेको ‘माइ वेस्ट फ्रेन्ड’को प्रचार प्रसारमा मुख्य दुई हिरोइन नै नहुँदा गाह्रो पर्ने देखिएको छ ।