मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

`वर्ल्ड कप इन नेपाल` हेर्न खेलाडीदेखि नेतासम्म । फिल्मको खुलेर प्रशंशा

फिल्मीखबर, काठमाण्डौ, 2014/04/23

फिल्म ‘वर्ल्ड कप इन नेपाल’ लाई प्रिमियरमा रुचाइएको छ । वैशाख ९ गते साँझ सम्पन्न प्रिमियरमा सहभागी एन्फा अध्यक्ष गणेश थापाले ‘वर्ल्ड कप इन’ नेपालको मुक्तकण्ठले प्रशंसा गरे । ‘वर्ल्ड कप इन नेपाल’ हेरेपछि कुमारी हलको प्राङगणमा एन्फा अध्यक्ष थापाले भने, ‘फिल्म एकदमै राम्रो लाग्यो । फिल्मका हरेक पक्ष उत्कृष्ट छन् । कलाकारको अभिनयले मन छोयो ।’

 

 

फिल्मको समाप्ती केही अस्पष्ट लागेको बताउने अध्यक्ष थापाले थपे, ‘फिल्ममा गाउँको प्रतिभालाई खोजिएको रहेछ । एन्फाले अब फुटबल खेल्ने अभियानलाई ४५ जिल्लाबाट ७५ जिल्ला पुर्याउनेछ ।’ फिल्म युनिट छलफलमा आए एन्फाले आफ्नो पक्षबाट ‘वर्ल्ड कप इन नेपाल’ लाई सहयोग गर्ने समेत प्रतिवद्धता अध्यक्ष थापाले जनाए ।

 

यस्तै खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पनि फिल्म राम्रो बनेको बताए । उनले यो फिल्मले फुटबलप्रति नेपालीको लगाव, मेहनत र सपनालाई देखाएको हुनाले प्रशंशा योग्य रहेको प्रतिक्रिया दिए । यस्तै मुख्य सचिव लिलामणी पौडेलले पनि फिल्मले उठाएको बिषयबस्तु अत्यन्त सान्दर्भिक रहेको भन्दै प्रस्तुती र अभिनय राम्रो रहेको बताए ।

 

 

त्यस्तै प्रिमियरमा सहभागी राष्ट्रिय टोलीका पूर्व कप्तान हरी खड्काले ‘वर्ल्ड कप इन नेपाल’ ले आफ्नो मन छोएको प्रतिक्रिया दिए । प्रिमियरमा राष्ट्रिय टोलीका खेलाडी सहित एमाओवादी नेता हिसिला यमी सहित फिल्मकर्मी र सञ्चारकर्मीहरूको सहभागीता थियो । फिल्म हेरेर निस्केका अधिकांश अतिथीले उठान गरिएको बिषयबस्तु नै मार्मिक रहेको र प्रस्तुती तथा अभिनय पनि कुशल रहेको प्रतिक्रिया दिए ।

 

 

आउँदो वैशाख १९ गते शुक्रबार अल नेपाल प्रदर्शन हुने फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रकाश थापा निर्मित फिल्ममा उमेश थापा, सोनु के.सी, गिरी प्रसाद पुन, सर्मिला शर्मा, गोपाल अर्याल, संगम राई लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको अधिकांश छायाँकन गोरखाको बारपाकमा गरिएको छ । फिल्मलाई दर्शना आर्ट्सले वितरण गर्दैछ ।

तस्विर सौजन्य : अजय महर्जन