Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 5.00/5.00)
Text size:-
+
-

दर्शकसँग `नोभेम्बर रेन`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/22

आगामी शुक्रबार देशभर एकसाथ रिलिज हुन लागेको फिल्म 'नोभेम्बर रेन' को निर्माण युनिटले दर्शकसँग प्रत्यक्ष सहभागी भएर फिल्मको पब्लिसिटी गर्ने भएको छ । निर्माता सुवास गिरीका अनुसार आज मंगलबारबाट राजधानीमा मुख्य-मुख्य सपिङ मलमा दर्शकसँग फिल्म युनिट प्रत्यक्ष सहभागी हुनेछन् ।

 

निर्माता गिरीका अनुसार अभिनेता आर्यन सिग्देल सहितको निर्माण युनिट सपिङ मलमा पुग्नेछ र दर्शकलाई फिल्मको बारेमा प्रश्न गरिनेछ । सहभागी दर्शकलाई फिल्म युनिटले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ । यो पब्लिसिटी क्याम्पियन आगामी शुक्रबारसम्म चल्ने छ । उनका अनुसार भोली बुधबार दरवारमार्गको शेर्पा मलमा, बिहीबार सिटी सेन्टर र शुक्रबार सिभिल मलमा 'पब्लिक'सँग युनिटले भेट गर्नेछ ।

 

सोमबार सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएका निर्माता गिरीले दर्शकले फिल्मको बारेमा नजिकबाट बुझ्ने मौका पाउन् भनेर यस किसिमको प्रचार शैली अपनाएको बताए । 'कसरी हुन्छ हामी दर्शकसँग प्रत्यक्ष सात्क्षात्कार गर्ने कोशिसमा छौं,' निर्माता गिरीले भने ।

 

यसअघि 'हो यहि माया हो'बाट घाटा बेहोरेका निर्माता गिरीले यसपटक भने घाटा नखाने बताए । फिल्म राम्रो बनाएकाले चल्ने उनको विश्वास छ । 'दर्शकले खोजेको जस्तै फिल्म बनाएका छौं,' पूर्ण प्रेमकथामा आफूले फिल्म बनाएको भन्दै उनले थपे, 'मलाई लाग्छ अहिले दर्शकले नोभेम्बर रेन जस्तै फिल्मको खोजी गरिरहेका छन् ।'
 

दिनेश राउतले निर्देशन गरेको यो फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरूङ, केशब भट्टराई, अमितेश शाह, शिशिर राणा, हिंउवाला गौतम लगायतको अभिनय छ । साँगीतिक रूपमा अब्बल देखियो यो फिल्मका संगीतकार ताराप्रकाश लिम्बु हुन् ।
 

फिल्मको अडियो गीत हुन्नुहोस्

http://www.filmykhabar.com/November Rain