
पहिलो पटक विश्वकपसम्मको यात्रा तय गरेको नेपालले हङकङ विरुद्धको खेलमा शानदार जित हासिल गरेपछि नेपाली क्रिकेट फ्यानमा खुसीले सिमा नाघेको छ । बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत बंगलादेश विरुद्ध नेपालले आज साँझ (चैत ४ गते) खेल्ने प्रतियोगीताको सफलताको लागि नेपाली क्रिकेट फ्यान प्रार्थनामा छन् ।

अभिनेत्री रेखा थापा र निर्देशक श्याम भट्टराई लफडाले फिल्म बजारमा तिव्र चर्चा पाइरहँदा फिल्मीखबरलाई उनीहरु दुवै बिच साटासाट भएको मोबाइल म्यासेज प्राप्त भएको छ । रेखा र श्यामबिच साटासाट भएको उक्त मोबाइल सन्देशले श्याम विना विवाद महेन्द्रनगरस्थित ‘हिम्मतवाली’को सुटिङ स्थल छाडेर काठमाडौं फर्किएको प्रस्ट्याउँछ ।

सूर्य बोहराले निर्देशन गर्ने ‘ठूली’ नामक फिल्ममा अभिनेत्री गरिमा पन्त शिर्ष भूमिकामा प्रस्तुती हुने भएकी छिन् । निर्देशक बोहरा र सुनिल बस्नेतको संयुक्त लगानी रहने ‘ठूली’ फिल्म यही चैत १० गतेदेखि फ्लोरमा जाँदैछ ।

सांगीतिक रूपमा अब्बल ठहरिएको फिल्म 'नाइ नभन्नु ल २'लाई नेपाल र अष्ट्रेलिया एकसाथ रिलिज गरिने भएको छ । यहि चैत्र २८ गते नेपालभर एकसाथ रिलिज हुने यो फिल्म अष्ट्रेलियामा चैत्र २८, २९ र ३० गते रिलिज गरिने निर्देशक विकास आचार्यले फिल्मीखबरलाई जानकारी गराए ।

फिल्म ‘अधकट्टी’को सुटिङ सुरु भएको छ । सञ्चारकर्मी सुव्रत आचार्यले आफ्नो पहिलो निर्देशकिय फिल्मको चैत ३ गते काठमाण्डौको मध्य वानेश्वरमा एक्सन कट भने । कलाकारद्धय विल्सन विक्रम राई र अशिष्मा नकर्मीले ‘अधकट्टी’का लागि पहिलो सट दिए ।

रंगिन होलीमा नेपाली फिल्म हलमा भने दर्शक रंगिन भएनन् । होलीको उपलक्ष्यमा दिइएको सार्वजनिक बिदामा समेत हलमा दर्शकको घुइँचो देखिएन । शुक्रबार प्रदर्शनमा आएका सबै नेपाली फिल्मले अत्यन्त न्यून संख्यामा दर्शकको साथ पाए ।

