Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

युरोपमा `बितेका पल`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/08

नेपालीहरूको ठूलो समुदाय रहेको युरोपमा नेपाली फिल्मको बजार भने विस्तारित हुन सकेको छैन । फाट्टफुट्ट मात्र फिल्म चल्ने युरोप भने नेपाली फिल्मको सम्भावनाको केन्द्र हो ।

 

यहि सम्भावनाको खोजीमा निर्माता राजेश घतानी लागिपरेका छन् । उनले निर्माण गरेको फिल्म 'बितेका पल' आगामी शनिबार जर्मनीको फ्रान्कफोर्टमा प्रदर्शन हुँदैछ । अमेरिका सहित विश्वका थुप्रै मुलुकमा प्रदर्शन भईसकेको यो फिल्म युरोपमा केहि शहरमा पनि प्रदर्शन भईसकेको निर्माता घतानीले जानकारी गराए ।

 

फिल्म प्रदर्शनको शिलशिलामा जर्मनीको ह्याम्बर्ग तथा म्युनिष्टरमा पनि फिल्म प्रदर्शन हुने भएको छ । निर्माता घतानीका अनुसार म्युनिष्टर शहरमा १२ मे तथा ह्याम्बर्गमा १७ मेका दिन फिल्म प्रदर्शन हुनेछ ।


युरोपमा अन्य केहि शहरमा पनि फिल्म प्रदर्शन गरेर मात्र घतानी नेपाल आउने छन् । उनी केहि महिना अगाडी फिल्म प्रदर्शन गर्न र नेदरल्याण्डमा सम्पन्न अवार्ड समारोहमा उपस्थित हुनका लागि युरोप पुगेका थिए । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो फिल्ममा केकी अधिकारी, बाबु बोगटी, अभिनाश गुरुङको मूख्य भूमिका रहेको छ ।