
मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म `घेराबन्दी`का लागि मुख्य कलाकारको रुपमा फाइनल भएका छन् । ‘हाँसिदेऊ एक फेर’ पछि मह जोडी ‘घेराबन्दी’ मा मुख्य भूमिकामा प्रस्तुत हुन लागेका हुन् ।

व्यावसयिक सफल फिल्मको जश कसले लिने ? निर्माता कि निर्देशकले ? यी जवाफमा मत बाझिएला । तर, निर्देशक सविर श्रेष्ठले भने फिल्मको व्यावसायिक सफलतामा निर्देशकको कुनै हात नहुने मत दिएका छन् ।

रंगमञ्चमा ‘कोर्ट मार्सल’ जस्तो नाटक निर्देशन गरेका अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्म ‘फिटकिरी’ कस्तो बनेको होला ? र, यसअघि सेक्स साइक्लोजीको फिल्म ‘चपली हाइट’बाट मनग्य नाफा कमाएका निर्माता अर्जुन कुमारले यस फिल्मबाट व्यापारिक प्रतिफल कस्तो पाउलान् ?

‘स्वर’ डेव्यु अभिनेत्री रिमा विश्वकर्माका फिल्म कम म्यूजिक भिडियो बढी रिलिज हुने गर्दछन् । त्यसैले रिमाको फिल्म वृत्तमा त्यती चर्चा हुने गर्दैन जति चर्चा उनीसँगै डेव्यु गरेका केकी अधिकारी र वेनिशा हमालको हुने गर्दछ ।

निर्देशक दीपा बस्नेतले आफ्नो दोस्रो निर्देशकिय फिल्म ‘श्री ५ अम्बरे’लाई मल्टिस्टार बनाउने भएकी छिन् । सौगात मल्ल र केकी अधिकारी मुख्य भूमिकामा प्रस्तुत हुने फिल्ममा अहिलेका जल्दाबल्दा दुई हिरोइन प्रियंका कार्की र अशिष्मा नकर्मी थपिएका छन् ।

'तक्मे बुढा'को नामले प्रख्यात अभिनेता विल्सन विक्रम राईले अर्का अभिनेता सुनील थापाको पहलमा बलिउडको यात्रा तय गर्ने भएका छन् । विल्सनले निर्देशक आशुतोष गोवारीकेरको नयाँ टिभी सिरियल खेल्न लागेका हुन् ।

