Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय कुमारको `बेबी`सँग नेपालीको २५ लाखको लफडा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/08

बलिउड अभिनेता अक्षय कुमारले मुख्य भूमिका निभाएको फिल्म ‘बेबी’ (बिकास बोर्डमा दर्ता भएको नाम 'बसन्ती') युनिट र उक्त फिल्ममा आवद्ध नेपाली सदस्यबिच उत्पन्न भएको लफडा आपसी सहमतिमा टुङ्गिएको छ । नेपाल चलचित्र प्राविधिक संघको मध्यस्थतामा गौशला प्रहरी वृत्तमा मौखिक सहमतीमै लफडा टुङ्गिएको हो ।

 

‘बेबी’ युनिट र नेपाल कम्पनी आइसफलबिच भएको सम्झौता अनुसार पारिश्रमिकको बाँकी २५ लाख रुपैयाँ उपलब्ध गराउने र १९ सदस्यिय बलिउड टोलीलाई एक दिनको बस्ने खाने तथा टर्कीको प्लेन टिकट काट्ने व्यवस्था नेपाली कम्पनीले गर्ने मौखिक सहमती भएको हो । छायाँकन सकिएकै दिन बाँकी पारिश्रमिक २५ लाख रुपैयाँ उपलब्ध नगराएको भन्दै अक्षयको ‘बेबी’ फिल्ममा आवद्ध नेपाली टोलीले क्यामेरा जफत गरेको थियो ।

 

वैशाख २५ गते बिहान क्यामेरा जफत गरी राखेको स्थानबाट क्यामेराको भ्यान सहित नेपाली सदस्यलाई गौशला प्रहरी कार्यालयमा पुर्याइएको थियो । बिहान साढे ७ बजे टर्की उड्ने समयमा क्यामेरा गायब भएको चाल पाएपछि ‘बेबी’ युनिट गौशला प्रहरीको साहरा लिन पुगेको थियो । प्रहरीले आपसमा सम्झौता गर्न छाडिदिएको थियो । लामो समयको विवाद पछि दुई पक्ष बिच सहमती भएको हो ।

 

‘बेबी’ मा आवद्ध एक नेपाली फिल्मकर्मीले बाँकी पारिश्रमिक रकम दिने छाँट नदेखेपछि क्यामेरा जफत गरिएको बताए । ती फिल्मर्कीले भने, ‘दुई हिन्दी फिल्मले पनि हामीलाई यसरी नै झुक्याएका छन् । पारिश्रमिक रकम नदिने देखेर क्यामेरा राखेका हौं ।’ ती नेपाली सदस्यले सानो सानो कुराको पनि बिल चाहियो भनेर आफुहरुलाई दुःख दिएको समेत बताए । ‘बेबी’ फिल्ममा ४५ जना नेपाली सदस्य आवद्ध थिए ।

 

एक सातासम्म चलेको ‘बेबी’को छायाँकन ठमेल र भक्तपुरमा गरियो । अर्न्तराष्ट्रिय त्रिभुवन स्थलमा भने ‘बेबी’लाई खिच्न अनुमती दिइएन । त्यस्तै बाँकी पारिश्रमिक रकम उपलब्ध गराउने वचन दिंदा पनि नेपाली सदस्यले आफ्नो क्यामेरा जफत गरेर आफ्नो ५० लाख घाटा गराएको भन्ने आरोप ‘बेबी’का एकस सदस्यले लगाए ।

 

‘हामी २५ लाख दिन तयार छौं । घाटा लागेको हाम्रो ५० लाख रुपैयाँको क्षतिपूर्ति चाहियो’ उनले भने, ‘यस्तो हर्कत देखेर अक्षय जी पनि एकदमै रिसाउनु भयो । अब कुनै पनि बलिउडकर्मी नेपालमा फिल्म छायाँकन गर्न आउने छैन ।’ अभिनेता अक्षय र निर्देशक निरञ्जन पाण्डे सहित केही टोली भने टर्कीतर्फ उडिसकेको छ ।