Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा `दमदार` र `रेड मनसून`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/09

आज वैशाख २६ गते दुई नयाँ नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘दमदार’ र ‘रेड मनसून’ यो शुक्रबारका फ्रेस फिल्म हुन् । यी सँगै फिल्म ‘नोभेम्वर रेन’ र ‘कवड्डी’ केही हलमा तेश्रो सातामा प्रदर्शनरत छन् भने ‘अकाल’ नामक फिल्म काठमाण्डौका हलमा मात्रै प्रदर्शन हुनेछ ।

 

वैशाख २६ गते प्रदर्शन भएको फिल्म मध्ये ‘दमदार’ लाई इनिसियल हान्ने अपेक्षा गरिएको छ । ‘दमादार’ मा अभिनेत्री रेखा थापालाई मुख्य मसलाको रुपमा प्रयोग गरिएको छ । कलमकृष्ण निर्देशित फिल्ममा रेखासँगै अभिनेता सविन श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ । चन्द्र गौतम र सुमन विष्टको संयुक्त लगानी रहेको ‘दमदार’ काठमाण्डौ तथा मोफसलका पर्दामा एकसाथ प्रदर्शन हुँदैछ ।

 

‘दमदार’ सँगै प्रदर्शन भएको अर्को फिल्म ‘रेड मनसून’ हो । इलम दिक्षित निर्देशित यो फिल्मले समाजको वास्तविक चरित्र र सम्बन्धलाई प्रस्तुत गरेको छ । ‘रेड मनसून’ मा राजधानी शहरको परिवेशलाई उतारिएको छ । फिल्ममा श्रृष्टि घिमिरे, सरिता गिरी, सन्दिप क्षेत्री, सुदाम सिके लगायतको मुख्य अभिनय रहेको छ ।