चलचित्र विकास वोर्ड र सेन्सर वोर्डमा सदस्यहरुको नियुक्ती भएको छ । सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री स्तरीय निर्णयबाट विकास वोर्ड र सेन्सर वोर्डबाट काङग्रेस निकट सदस्यको नियुक्ती भएको हो ।
.jpg)
चलचित्र विकास वोर्डमा रित्त तीन सदस्स पदमध्ये दुईमा अभिनेत्री रुपा राणा र काङ्ग्रेस निकटका फिल्म निर्माता राजेन्द्र केसी नियुक्त भएका छन् । विकास वोर्डको एक सदस्सिय पद भने रित्त नै छ । श्रोतका अनुसार चलचित्र विकास वोर्डबाट वर्तमान अध्यक्ष धर्मेन्द्र मोरवैतालाई हटाएर चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष राजकुमार राईलाई ल्याउने लवी भैरहेको बुझिएको छ ।
त्यस्तै मन्त्री स्तरीय निर्णयबाटै चलचित्र जाँच पास समिति ‘सेन्सर वोर्ड’ मा तीन नव सदस्य नियक्ती भएका छन् । चलचित्र निर्माता संघका प्रवत्ता, फिल्म वितरण कम्पनी दर्शना आर्टस्का सिईओ तथा निर्देशक सुरेश दर्पण पोखरेल, अभिनेत्री मेलिना मानन्धर र नेपाली काङग्रेस निकटका विमल संग्रौला सेन्सर वोर्डका नव नियुक्त सदस्य हुन् ।
सेन्सर वोर्डमा फिल्मकर्मीको सहभागीता हुनुपर्ने माग उठिरहेको थियो । जसअनुरूप मन्त्री रिजालले दुई फिल्मकर्मीलाई सेन्सरमा नियुक्त गरेका हुन् । अब सुरेश र मेलिनाले नेपाली फिल्मको सेन्सरमा कस्तो भूमिका निर्वाह गर्लान् ? हेर्न बाँकी छ ।

