Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मह जात्रामा मल्लिका गाउने दिलिप नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/07

आउँदो शुक्रबार वैशाख २६ गतेबाट मह जात्रा सुरु हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जेठ ८ गतेसम्म चल्ने मह जात्रामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी सहित अन्य ९ जना कलाकारले प्रस्तुती दिनेछन् ।

 

 

मह जोडी ७ वर्षपछि मह जात्रा लिएर फर्किएका हुन् । मह जात्रा बारे जानकारी दिन आयोजना गरिएको प्रेसमिटमा हरिवंशले व्यक्तिगत कारणले गर्दा मह जात्रालाई निरञ्तरता दिन नसेकेको बताए । उनले भने, ‘हाम्रो लागि रंगमञ्च आमाको काख जस्तै हो । रंगमञ्चबाट धेरै कुरा सिकियो अझै सिक्न बाँकी छ ।’

 

मह जात्रालाई इलेक्ट्रोनिक मिडियाले केही प्रभाव पारेको हरिवंशले सुनाए । बिचमा मह जोडी टेलिफिल्म निर्माण तर्फ लागेको थियो । मह जात्रासँग केही सामाजिक संघ संस्थाले सहकार्य गरेका छन् । साँझ साढे ५ बजेदेखि सुरु हुने मह जात्रामा अडियो तथा भिडियो खिच्न मनाही रहेको हरिवंशले जानकारी गराए ।

 

३ घण्टासम्म चल्ने मह जात्रामा मह जोडी सहित कलाकारहरु बसुन्धरा भुसाल, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, नरेन्द्र कंसकार, मोहितवंश आचार्य समेतले हाँस्यस्यव्यङ्ग प्रस्तुत गर्नेछन् । मह जात्रामा अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक भुवन श्रेष्ठले नृत्य पस्कनेछन् । मल्लिका कार्कीले आफ्ना चर्चित गीतहरुलाई सुनाउने छिन् ।


तस्बिर: दिप विमली