
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी)ले जेठ ९ देखि जेठ ११ गते (२३–२५ मे) सम्म राजधानीको रसियन कल्चरल सेन्टरमा चौंथो 'नेपाल-अफ्रिका फिल्म फेस्टिवल–२०१४' आयोजना गर्ने भएको छ ।

अभिनेत्री ऋचा शर्मा फिल्म ‘जंगे’का लागि फाइनल भएकी छिन् । यही चैत पन्ध्र गतेदेखि छायाँकन प्रारम्भ हुने भनिएको फिल्मका लागि ऋचा औपचारिक रुपमै फिल्म खेल्ने पक्का भएको निर्माता सुसन प्रजापतीले फिल्मीखबरलाई जानकारी गराए ।

अभिनेत्री रेखा थापा सेटमा पुगेर फिल्म निर्देशक बनिन् । निर्देशक श्याम भट्टराईलाई आउट गरेर आफैं ‘हिम्मतवाली’ को निर्देशनमा इन भएकी रेखाले फिल्म बनाउलिन् ? चासो व्यप्त छ ।

एक्सन प्रधान फिल्म 'हँसिया'मा निर्देशक मिलन चाम्सले आइटम गीतलाई पनि एक्सन शैलीमा प्रस्तुत गरेको बताएका थिए । सोही एक्सन आइटम गीत रिलिज गरिएको छ जहाँ फिल्मकी मुख्य पात्र हेमा श्रेष्ठलाई अतिथी भूमिकामा प्रियंका कार्कीले साथ दिएकी छिन् ।

शिर्षकमा 'श्री ५' राखिएकाले ‘श्री ५ अम्बरे’ राजावादी फिल्म नभएको निर्देशक दिपा बस्नेतले बताएकी छिन् । ‘अन्तराल’ पछिको दोस्रो निर्देशकिय ‘श्री ५ अम्बरे’ कस्तो फिल्म हो त ? प्रेसमिटमा बोल्दै निर्देशक बस्नेतले भनिन्, ‘हाम्रो समाजमा कहीं कतै आफु राजा हुँ भन्ने आभास हुन्छ । यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा नै ‘श्री ५ अम्बरे’ हो ।’

प्रियंका कार्कीको परिचय अब अभिनेत्रीमा मात्रै सिमित रहेन । फिल्म गीतको लागि आफ्नो स्वर रेकर्ड गराएर प्रियंकाले आफ्नो परिचय फराकिलो बनाएकी छिन् । आफु अभिनित फिल्म ‘आवरण’को शिर्ष गीतमा प्रियंकाले आफ्नो स्वर रेकर्ड गराएकी हुन् ।

