
बलिउड अभिनेत्री सन्नी लियोन नेपाल घुमघाममा व्यस्त छिन् । युवा उद्यमीहरुको निमन्त्रणामा चैत ९ गते आईतबार नेपाल आइपुगेकी पोर्न स्टार सन्नी काठमाडौंको स्वयम्भू मन्दिरमा दर्शन गर्न पुगेकी छिन् ।

ढिला गरी पुगेका राजेश गायक राजेश पायल राईसँग भेट्नासाथ हल्ला गर्नमै व्यस्त रहे । करिब ५ मिनेट जति माइकमा ‘हँसिया’ फिल्मबारे बोलेका उनी ड्यासमा झण्डै २० मिनेट लगातार गफ चुट्न व्यस्त रहे । गायक राजेशसँग मोबाइलमा के-के हेरे कुन्नी ? दुई जना मज्जाले हाँसे पनि । उनीहरूको छेउमा बस्ने अतिथीले भने झिझो मानेको प्रस्ट झक्लिन्थ्यो ।

महेन्द्रनगरको सुटिङ सेटमा पुगेर निर्देशक भएकी अभिनेत्री रेखा थापाले २५ दिनमा फिल्म ‘हिम्मतवाली’को छायाँकन सकाएकी छिन् । काठमाण्डौमा दुई दिन छायाँकन गर्ने गरी ‘हिम्मतवाली’ युनिट चैत १० गते राजधानी फर्किसकेको छ ।

चितवनको बाह्रघरेस्थित स्व.निर्देशक शिव रेग्मीको घर नजिकको दुर्गा मन्दिमा पुगेर फिल्म ‘मनले मनलाई छुन्छ’ युनिटले प्रेस मिट सम्पन्न गरेको छ । चैत ९ गते गरिएको प्रेसमिटमा फिल्मको पोष्टर रिलिजसँगै स्व.निर्देशक रेग्मीको ६ मिनेट लामो बायोग्राफी भिडियो देखाइएको थियो ।

आफ्नो फिल्मको प्रेसमिट भएर होला हेमा श्रेष्ठले आफ्नो सौन्दर्यलाई निकै चम्काउने प्रयास गरेकी थिइन् । आफु अभिनित फिल्म ‘हँसिया’को प्रेसमिटमा हेमा निख्खर सेतो रङको वान पिसमा सुन्दरी भएर आएकी थिइन् ।

जेठ ९ गते प्रदर्शन हुने फिल्म ‘हँसिया’मा १ सय ३७ जना फाइटरसँग फाइट खेलेकी नव अभिनेत्री हेमा श्रेष्ठको अभिनेता राजेश हमालले प्रसंशा गरेका छन् । अभिनेता हमालले भने, ‘हेमाजी एक्सनमा पोख्त हुनुहुँदो रहेछ । उहाँले ‘हँसिया’मा निकै राम्रो काम गर्नुभएको छ ।’

