Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिडियोमै व्यस्त बेनिशा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/13
अभिनेत्री वेनिशा हमालाई यतिबेला भ्याइनभ्याइ छ । बेनिशाको यो व्यस्तता फिल्ममा भने होइन । म्युजिक भिडियोमा बेनिशाको व्यस्तता बढेको हो ।
 
‘मोक्ष रिलिज पछि मात्रै २ दर्जन भिडियोमा काम गरें होला,’ बेनिशाले आफ्नो व्यस्तता सुनाइन्, ‘पाइप लाइनमा अझै दर्जन भिडियो छन् ।’ किन भिडियोमा मात्रै ? बेनिशाले सहज उत्तर दिइन्, ‘फिल्मको अफर उस्तो आएको छैन । एक दई वटा आएकोमा चित्त बुझेन ।’
 
‘मोक्ष’ रिलिज पछि बेनिशाको कुनै पनि फिल्म छायाँकन, प्रदर्शन र प्रोडक्सनमा छैनन् । म्युजिक भिडियोबाट राम्रै ‘पकेट खर्च’ कमाइ रहेकी बेनिशाले आफ्नो स्क्रिप्ट लेखन कार्यले भने निरञ्तरता पाइरहेको सुनाइन् । ‘२ वटा ड्राफ्ट फाइनल भैसकेका छन्’ उनले भनिन्, ‘अरु पनि कथामा लेख्दै छु ।’
 
पञ्चवीर फिल्म निर्माण कम्पनीले बेनिशाको स्क्रिप्ट माथि फिल्म निर्माण गर्ने घोषणा गरेको थियो । ‘सहमती मै मेरो स्क्रिप्ट माथि फिल्म निर्माण नहुने असमती भएको हो,’ बेनिशाले भनिन् ।