Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.43/5.00)
Text size:-
+
-

`ताण्डव`मा यस्तो देखिए `लाउरे`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/13

स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुती फिल्म ‘ताण्डव’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । फस्टलुक पोस्टरमा लाहुरे नामले परिचित र्यापर ब्याटलिस्ट आशिष रानालाई प्रस्तुत गरिएको छ ।

 

 

मोहन डोटेलको निर्माणमा तयार भएको यो फिल्मलाई मुर्रे केरले निर्देशन गरेका हुन् । फिल्ममामा नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ । उनी पोष्टरमा अटाएकी छैनन् । सोसल साईटमा ज्यादै हिट मानिने आशिषलाई फस्टलुकमा प्रस्तुत गरेर निर्माण उनिटको उनको क्रेजको फाईदा लिन खोजेको देखिन्छ । 

 

यही बर्ष प्रदर्शन हुने यो फिल्मलाई ड्रक्स र ग्याङस्टारको कथा भनिएको छ । फिल्ममा आशिष र नम्रता सहित, अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीको मुख्य भूमिका छ ।