Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

इजरायली फिल्ममा नेपाली अभिनेत्री

फिल्मीखबर, काठमाण्डौ, 2014/05/13

एक इजरायली आर्ट फिल्ममा तीन नेपाली अभिनेत्रीले अभिनय गर्ने अवसर पाएका छन् । मिथिला शर्मा, सुभद्रा अधिकारी र सौजन्य सुब्बाले इजरायली आर्ट फिल्म ‘रुफ अफ द् वल्र्ड’ मा अभिनय गरिरहेका छन् ।

 

 

नेपालको सँस्कृति, सहयोग र परिवेशमा आधारित ‘रुफ अफ द् वल्र्ड’ को यसै साताबाट राजधानी नजिकका स्थानमा छायाँकन भैरहेको छ । जोमसोममा समेत छायाँकन गरिने फिल्मको छायाँकन नेपालमा अझै दुई साता चल्नेछ । अभिनेत्री सौजन्य सुब्बाले विदेशी आर्ट फिल्ममा काग गर्दा नौलो अनुभव भैरहेको बताइन् ।

 

यसअघि भारतको उडिसामा ‘नेशनल हाइवे’ फिल्ममा अभिनय गरिसकेकी सौजन्यले भनिन्, ‘विदेशीको काम गर्ने शैली नै फरक छ । हाम्रो कामप्रति इजरायली युनिट खुसी छ ।’ तीन अभिनेत्री बाहेक ‘रुफ अफ द वल्र्ड’ मा सबै युनिट इजरायलकै छ । अन्र्तराष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी छायाँकन हुदै गरेको ‘रुफ अफ द वल्र्ड’ लाई इजरायली महिला निर्देशक डिनाले निर्देशन गर्दैछिन् ।