Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मुखौटा` सर्दा `हँसिया`लाई फाइदा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/13
‘मुखौटा’ को प्रदर्शन मिति सर्दा अर्को फिल्म ‘हँसिया’ लाई फाइदा पुग्ने भएको छ । ‘हँसिया’ ले अब दुई साता हलमा राज गर्नेछ । जेठ ९ देखि २९ गतेसम्मै ‘हँसिया’ ले देशका हल पाउनेछ । ‘मुखौटा’ जेठ १६ बाट जेठ ३० मा पुगेको छ ।
 
‘हँसिया’ र ‘मुखौटा’ दुवै राम्रो व्यापार गर्ने अपेक्षा गरिएका फिल्म हुन् । अपेक्षा गरिएका फिल्म हप्तैपिच्छे प्रदर्शन हुँदा हलको समस्या पर्ने देखिएको थियो । जुन समस्याले व्यापारमा प्रत्यक्ष प्रभाव निश्चित थियो । 
 
‘मुखौटा’ को प्रदर्शन मिति सरेसँगै हलको समस्या टरेपनि व्यापारिक प्रभाव भने प्रदर्शन पश्चात नै थाहा हुनेछ । ‘मुखौटा’ पनि दमदार प्रचार प्रसारका साथ हलमा जानेछ । ‘हँसिया’ दर्शना आर्टस् र ‘मुखौटा’  लाई पपकर्न पिक्चर्सले प्रदर्शनको जिम्मा लिएको छ । यी फिल्म वितरण कम्पनीले ‘हँसिया’  र ‘मुखौटा’  दुवै फिल्मलाई सर्वाधिक हलमा प्रदर्शन गर्ने तयारी गर्दैछन् ।
 
मिलन चाम्स निर्देशित ‘हँसिया’ मा हेमा श्रेष्ठ र राजेश हमालको एक्सनसँग दर्शकले मजा लिनेछन् । राजेशको बिहे चर्चासँगै ‘हँसिया’ फिल्मको चर्चा पनि चुलिदो छ । 'हँसिया'सँग प्रतिश्पर्धामा 'मेरो बेस्ट फ्रेण्ड' उत्रने छ । यता जेठ ३० गते लाग्ने भनिएको फिल्म 'पुण्टे परेड'को भने सर्ने सम्भावना देखिएको छ ।