Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ औं नेफ्टा अवार्डमा जुरी जुर्मुरायो

फिल्मीखबर, काठमाण्डौ, 2014/05/15

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा अवार्डको सातौं संस्करण हङकङमा हुने भएको छ । हङकङ नेफ्टा अवार्डको लागि जुरी सदस्यले फिल्म हेर्न सुरु गरेको छ ।

 

 

भरत शाक्यको संयोजकत्व रहेको जुरीमा प्रभावकरदेव शर्मा, विश्वेस श्रेष्ठ, रक्षा सिंह राना र रामशंकर प्रधानको टोली छ । यो टोलीले जेठ १ गते ‘उमा’ फिल्म हेर्यो । एक सय भन्दा फिल्म हेरेर जुरीले उत्कृष्ट पाँचको तालिका एक महिना भित्र सार्वजनिक गर्नेछ । जुरी संयोजक भरत शाक्यले ब्यालेन्स गरेर अवार्ड दिने बताए । नेफ्टा अध्यक्ष मनोज केसीले अवार्डलाई विवाद रहित बनाउन प्रयत्न गरिने बताए ।

 

०७१ सालको भदौ महिनासम्म आयोजना भैसक्ने ७ औं नेफ्टा अवार्डको नेपाल संयोजकको जिम्मा एस. के. थापा फिल्म प्रोडक्सनले गर्दैछ । एस.के. थापा प्रोडक्सनका प्रमुख सुनिल कुमार थापासँगको सहकार्यमा एन.आर.एन हङकङका सचिव विनय शाह तथा त्याहाँका संघ संस्थाले नेफ्टाको हङकङको व्यवस्थापन हेर्नेछन् ।

 

द्धिपक्षीय सम्झौताका लागि नेफ्टा अध्यक्ष मनोज केसी र एस.के. थापा प्रोडक्सनका प्रमुख सुनिल कुमार थापा केही सातापछि हङकङ उड्नेछन् । कलाकार, प्राविधिक तथा सञ्चारकर्मी गरी करिब एक सयको टोली हङकङको नेफ्टा अवार्डमा सहभागी हुनेछ ।