Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18043 - 18048 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-03-27, बिहिवार

अभिनेता सुवास थापा निर्मित फिल्म ‘विर्खेलाई चिन्छस्’ आउँदो भाद्र २० गते प्रदर्शन हुने भएको छ । मोफसल बाहिरको वितरण जिम्मा एफडि कम्पनीले लिएको जानकारी गराउँदै सुवासले काठमाडौं वितरणको भने टुङ्गो लाग्न बाँकी रहेको जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-27, बिहिवार

क्रिकेटरलाई सम्मान गर्ने कार्यक्रममा बिना कारण निशा किन पुगिन् ? ‘मुखौटा’ हिरोइनको कतै हल्ला चले जस्तै क्रिकेटर भेषवाकरसँग इलुइलु त चल्दै छैन् ? चलेकै हो भने पनि आफ्नो कुनै भूमिका नरहेको कार्यक्रममा पछि लाग्दै हिड्नु पर्छ र निशाजी ? "cool"

फिल्मीखबर, काठमाण्डौ, 2014-03-27, बिहिवार

दर्जनौं हिट फिल्म दिएर दर्शकमाझ आफ्नो राम्रो छाप छोड्न सफल अभिनेत्री झरना थापा ३५ बर्ष पूरा भएकी छिन् । आज बिहिबार झरनाले आफ्नो जन्मदिन सेलिब्रेट गर्नेछिन् । सर्वप्रथम झरनालाई फिल्मीखबर डट कमको तर्फबाट जन्मदिनको शुभकामना !

फिल्मीखबर, काठमाण्डौ, 2014-03-27, बिहिवार

रिलिज भईनसकेको फिल्मलाई ‘चल्दैन’ भनिदिएपछि कसको पो कन्पारो तात्दैन र ? आफ्नै कलाकारले फिल्मलाई ‘चल्दैन’ भनेपछि फिल्म ‘आधी बाटो’का निर्माता रमेश त्वयनालाई यतिबेला पर्नु पिर परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-27, बिहिवार

चैत १३ गते प्रकाशित साप्ताहिक ‘शुक्रबार’ पत्रिकाले ढुकुटी लेनदेनमा फसेका र फसाईएको व्यक्तिबारे एक खोजमुलक समाचार तयार गरेको छ । जहाँ नेपाली फिल्म जगतका चर्चित अनुहारको नाम उल्लेख छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-26, बुधवार

बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप क्रिकेट खेलमा आफ्नो शानदार खेल प्रदर्शन गरेको नेपाली क्रिकेट टिमलाई देशभर प्रदर्शनरत फिल्म 'फिटकिरी'को निर्माताले १ लाख १२ हजार रुपैयाँले सम्मान गरे । खेलाडीलाई हौसला प्रदान गर्न उक्त रकम सम्मान स्वरूप प्रदान गरिएको निर्माता अर्जुन कुमारले बताए ।

Results : 18043 - 18048 of 24015