Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

आर्यन र शिल्पाको `लज्जा` लुक

फिल्मीखबर, काठमाण्डौ, 2014/05/15

छविराज ओझाको नयाँ फिल्म 'लज्जा'को फष्टलुक पोष्टर सार्वजनिक भएको  छ । कात्तिक ७ गतेदेखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भूमिकामा छन् । नवल नेपालद्धारा निर्देशित यस फिल्म नारिको कथामा केन्द्रित छ ।

 

रेखा थापाबाट अलग भएपछि छबिले निर्माण गरेको यो दोस्रो फिल्म हो । अघिल्लो पटक 'लोफर' निर्माणमा घाटा खाएका निर्माता ओझा फिल्म क्षेत्रमा सफल निर्माताकै रूपमा चिनिन्छन् । फिल्म 'लज्जा'बाट छबिले आफ्नो सफलताको ट्यागलाई निरन्तरता दिन सक्लान् ? रिलिजसम्म कुर्नै पर्नेहुन्छ ।