Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका, अरुणिमा र केकीको हल कुस्ती

फिल्मीखबर, काठमाण्डौ, 2014/05/15

शुक्रबार जेठ २ गते तीन नेपाली फिल्म प्रदर्शन हुनेछन् । ‘आवरण’, ‘पीपल’ र ‘ठूलो मान्छे’ शुक्रबारका रिलिज फिल्म हुन् । जुन फिल्ममा क्रमशः अभिनेत्रीहरु प्रियंका कार्की, अरुणिमा लम्साल र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

सुवास कोइराला निर्देशित ‘आवरण’ हरर थ्रिल फिल्म हो । जहाँ अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । ‘आवरण’को बिहिबार साँझ जय नेपाल हलमा प्रिमियर हुँदैछ । पोखराबाट ‘फन्को’ फिल्मको छायाँकनदेखि प्रियंका प्रिमियरमा सहभागी काठमाण्डौ आउँदैछिन् । अनिल योञ्जन निर्मित फिल्ममा प्रियंकासँगै नरेश पौड्याल, दिव्य देव, रश्मी भट्ट, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै आमा अभिनेत्री अरुणिमा लम्सालले आमाको रोल निभाएको फिल्म ‘पीपल’ पनि शुक्रबार प्रदर्शन हँदैछ । जातिय विभेद विरुद्धको फिल्म ‘पीपल’ मा अरुणिमासँगै अभिनेता किशोर खतिवडाको मुख्य भूमिका रहेको छ । शुक्रबारै प्रदर्शन हुने अर्को फिल्म ‘ठूलो मान्छे’ भने बाल मनोवैज्ञानिक कथामा आधारित छ । प्रशान्त तामाङ निर्देशित फिल्ममा केकी अधिकारी, प्रेम जिमी, विशाल श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।