अभिनेता निखिल उप्रेतीले चाँडै आफ्नो बलिउड प्रोजेक्टलाई औपचारिकता दिने बताएका छन् । चाँडै नै एउटा कार्यक्रम गरेर आफ्नो बलिउड प्रोजेक्ट बारे जानकारी गराउने निखिलले बताए ।
अनामनगरस्थित मण्डला नाटक घरमा एक हिन्दी फिल्मको प्रेसमिटमा अतिथि बनेर आइपुगेका अभिनेता उप्रेतीले भने, ‘केही नयाँ गर्रौ भनेर बलिउड गएको हुँ,’ सञ्चारकर्मीलाई उनले आग्रह गरे, ‘यसलाई हराएको नभनिदिनु होला ।’
एक सय बढी नेपाली फिल्ममा अभिनय गरेका निखिलले बलिउड प्रोजेक्ट पुरा भएपछि पुनः नेपाली फिल्ममा फर्कने समेत बताए । तर, पहिलाकै स्पिडमा भने फिल्ममा काम नगर्ने निखिलको धारणा थियो ।
उनले नेपालमै पनि बलिउड शैलीको फिल्म निर्माण गर्न सकिने बताए । तर, यसको लागि पर्याप्त मात्रामा साधन तथा स्रोतको आवश्यकता पर्ने उनले औंल्याए । नेपाली फिल्मको एक समयका एक्सन स्टार निखिलले आफु विश्वकै स्टार हुने दौडमा रहेको भन्न समेत पछि परेनन् ।

