Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर वोर्डमा गाई चराउने !

फिल्मीखबर, काठमाण्डौ, 2014/05/14

निर्माता संघका अध्यक्ष राजकुमार राईले विगतमा चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)मा गाई चराउने र स्वास्थ्यकर्मीको बाहुल्यता रहेको बताएका छन् । चलचित्र नृत्यकार संघले गरेको बधाई तथा सम्मान कार्यक्रममा अतिथि बनेर पुगेका अध्यक्ष राईले सेन्सर वोर्डका पूर्व सदस्यप्रति यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

‘सेन्सर वोर्डमा गाई चराउने र स्वास्थ्यकर्मी मात्रै थिए, अध्यक्ष राईले भने, ‘सेन्सरमा फिल्मकर्मीको सहभागिता गराउन हामी सफल भएका छौं ।’ मन्त्री स्तरिय निर्णयले भर्खरै मात्र दुई फिल्मकर्मी सुरेश दर्पण पोखरेल र मेलिना मानन्धरलाई सेन्सर वोर्डको सदस्यमा नियुक्ति गरेको छ ।

 

चलचित्रकर्मीले चलाएको आन्दोलनको केही बुँदालाई सेन्सर वोर्डमा फिल्मकर्मीको नियुक्तिलाई सम्बोधन गरेको अध्यक्ष राईले बताए । त्यस्तै कुनै पनि संस्था आपसमा फुट्ने नहुने कुरामा पनि उनले जोड दिए ।

 

यता सेन्सर बोर्डमा सदस्य भएर पुगेका निर्देशक सुरेश दर्पण पोखरेलले तीन महिनाभित्र सेन्सर बोर्डलाई थप व्यवस्थित गर्दै निर्देशिका एवं आचारसंहिता जारी गर्ने प्रतिबद्धता जनाए । उनले भने, 'यदि तीन महिनाभित्र मैले बोलेको पूरा भएन भने सेन्सर बोर्डबाट राजिनामा नै दिनेछु ।'