
बक्स अफिस फिल्म अवार्ड २०७० का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएका छन् । यस वर्षको व्यवसायिक सफल फिल्म ‘काली’ सर्वाधिक विधामा मनोनयनमा परेको छ । निर्माता, फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री सहित अन्य १९ विधाको मनोनयनमा ‘काली’ परेको छ ।

नेपाली नयाँ वर्ष २०७१ सालको आगमनलाई लक्षित गर्दै चैत २८ गते दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन् । मानविय संवेदनालाई छुने विकास आचार्य निर्देशित ‘नाइ नभन्नु ल’ २ र स्व.शिव रेग्मी निर्देशित ‘मनले मनलाई छुन्छ’ दर्शकको मन छुन तयार छन् ।

कमेडी लभस्टोरी फिल्म 'लभ सब'को सुटिङ सकिएको छ । आइतवार ललितपुरमा फिल्मको अन्तिम टेक लिईयो । काठमाण्डौ, ललितपुर, चरिकोट, मुडे लगाएतका स्थानमा फिल्मलाई खिचिएको छ ।

चैत १६ गते साँझ नेदरल्यान्डमा सम्पन्न दोस्रो इनास अवार्ड २०१४ मा फिल्म ‘होस्टेल’ ले उत्कृष्ट अवार्ड पाएको छ । फिल्म ‘काली’बाट निर्देशक सविर श्रेष्ठ र अभिनेत्री रेखा थापा उत्कृष्ट भएका छन् ।

प्रेमिका मधु भट्टराईसँको बिहेलाई पर सार्दै लगेको अभिनेता राजेश हमालले पुनः एकपटक बिहेलाई ढोंगी भनिदिएका छन् । ‘माया, प्रीति र सम्बन्ध सबै ढोंग हुन्,’ अभिनेता हमालले भनेका छन् ।

गत शनिबार नेदरल्याण्डको हुपडर्फ शहरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले एक कार्यशालाको आयोजना गर्यो । कार्यशालामा 'नेपाली चलचित्रको विकास र प्रबर्द्धनमा लिनुपर्ने ठोस नीति र अन्तराष्ट्रिय बजार विस्तारमा प्रवासी नेपालीको भूमिका' बिषयमा चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौलाले कार्यपत्र प्रस्तुत गरे ।

