
निर्देशक गोविन्द राईले आफ्नो पहिलो निर्देशकिय फिल्म ‘नागबेली’लाई देशप्रति समर्पित गरेका छन् । निर्देशक राईले भने, ‘राज्य सञ्चालन गर्नेलाई यो फिल्मले गतिलो सन्देश दिनेछ । यो मेरो फिल्म देशको लागि हो ।’

निर्देशक शोभित बस्नेतलाई लिएर हिन्दी फिल्म निर्माण गर्ने भनी घोषणा गरेका निर्माता लियाकथ अली कालीमाटी प्रहरीको पक्राउमा परेका छन् । चेक वाउन्चको ‘केस’मा उनलाई प्रहरीले यसै साता पक्राउ गरेको हो ।

नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीलाई ठगी गरेको आरोप लागेको छ । पीडित जेएन घिमिरे, कृष्णकुमारी कँडेल, प्रतिभा सुवेदी, शोभा राई, उषा थापासहित ८ जनाले करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेका छन् ।

लाखौं नेपालीहरु बैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बेला बैदेशिक रोजगारका कैयौं बिकराल समस्यालाई फिल्म 'राहदानी'मा उठाईएकोले यो आम नेपालीको फिल्म बन्न पुगेको महिला बालबालिका तथा समाजकल्याण सचिव दिनेशहरि अधिकारीले बताएका छन् ।

नेदरल्याण्डमा शनिबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले आयोजना गर्न लागेको ‘दोश्रो इनास फिल्म अवार्ड’मा नोमिनेशनमा परेका फिल्मकर्मीको नै उपस्थिती नहुने भएको छ । मनोनयनमा परेका पाँच फिल्मका प्रतिनिधीले नै भिसा नपाएपछि अवार्ड फिक्का देखिने छ ।

फिल्मीखबरसँग खुल्दै उनले स्व.निर्देशक शिव रेग्मीले फिल्म निर्माण ताका भनेका वाक्य सम्झिए, ‘सरले मलाई जहिल्यै भन्ने गर्नुहुन्थ्यो, हेर केटा तैंले सफलता देखेको छैनस्, यो फिल्मले तँलाई सफलता दिनेछ ।’ सफलता वा असफलता निर्देशक शिव रेग्मीले त देख्न पाएनन् । तर बिरेन भने फिल्म सफल हुनेमा विश्वस्त छन् ।

