Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18013 - 18018 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

विभिन्न सञ्चारमाध्यममा रंगपत्रकारिता गरिरहेका सञ्चारकर्मीको संगठन चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को साधारण सभा सम्पन्न भएको छ । केही दिनअघि भएको साधारण सभाले यज्ञशको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

आलोक नेम्वाङले निर्देशन गर्ने फिल्म ‘अझै पनि’मा निर्देशक सुदर्शन थापा मुख्य अभिनेताको रुपमा देखिने पक्का भएको छ । कुशल पात्रको नाममा सुदर्शन फिल्ममा प्रस्तुत हुनेछन् । ‘अझै पनि’ को अफिसियल फेसबुक पेजबाट यो कुराको औपचारिक जानकारी गराइएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

उत्सव थपलिया सम्भवतः सबैभन्दा कान्छो निर्देशकको परिचय बनाएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । मानविकी संकायमा 'प्लस टु' सम्मको अध्ययन सकेका उत्सवले बि.एफ.एफ अर्थात ‘बेस्ट फ्रेण्ड फरेभर’ नामक फिल्म निर्देशन गर्ने औपचारिक रुपमै घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

नेपाली फिल्म क्षेत्रका चक्लेटी अभिनेता आर्यन सिग्देल सलमान खानको 'डाईहार्ट' फ्यान हुन् । सलमानलाई अत्याधिक मन पराउने अर्का अभिनेता हुन्, हसन खान । आर्यन र हसनको मित्रता गाँसिनुको मुख्य माध्यम सलमान खान नै हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

पछिल्लो समय प्रदर्शनमा आएका मध्ये ‘झोला’ फिल्मले अनपेक्षित सफल व्यापार गर्न सक्यो । अपेक्षा गरिएका ‘मोक्ष’, ‘ऋतु’ र ‘फिटकिरी’ को व्यापार सोचे अनुरुप हुन सकेन । डार्क कमेडी फिल्म ‘झोले’ को व्यापार मध्यम रह्यो । हलमा फिल्म अपेक्षनुरुप नचलेर के भो त ? फ्लोरमा फिल्म बग्रेल्ती चलिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-01, मंगलवार

कुनै पनि संवाद तथा दृश्यमा कैंची नचलाई नेपाल चलचित्र जाँचपास समितीले फिल्म 'आधी बाटो'लाई सबैले वर्गका दर्शकले हेर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट दिएको छ । सोमबार फिल्म हेरेपश्चात सेन्सर बोर्डका सदस्यले फिल्म राम्रो बनेको भन्दै 'यू' सर्टिफिकेट दिएको निर्देशक सबिर श्रेष्ठले जानकारी गराए ।
 

Results : 18013 - 18018 of 24015