लामो समय भयो अभिनेता जीवन लुईटेल र आर्यन सिग्देललाई दर्शकले एकसाथ फिल्ममा अभिनय गरेको देख्न पाएका छैनन् । 'मेरो एउटा साथी छ' फिल्ममा एकसाथ अभिनय गरेका पछिल्लो समयका दुई चर्चित अभिनेता लुईटेल र सिग्देललाई रियल लाईफमा समेत एकसाथ देख्न मुस्किल पर्छ ।

.jpg)
एकअर्काका प्रतिष्पर्धी मानिने आर्यन र जीवन शनिबार साँझ भने एकसाथ भेटिए । भेटिने मात्र हैन दुबै जना कम्मर मर्काइ मर्काइ नाचे पनि । कार्यक्रम त्यो बेला रमाईलो भयो जब दुबै जनाले आ-आफ्नो श्रीमतीका साथ कम्मर मर्काए । जीवनले अभिनय गरेको फिल्म 'नोटबुक'को 'गाला रातै' बोलको गीतमा यि दुई जोडीको डान्स हेर्न लायककै बन्यो ।
अभिनेता लुईटेलले आफ्नो छोराको आन्नप्राशन (पास्नी)कार्यक्रममा अभिनेता सिग्देललाई निमन्त्रणा गरेका हुन् । जीवनले आयोजना गरेको उक्त भोज समारोहमा अर्का अभिनेताद्धय निरज बराल र विनय श्रेष्ठको पनि उपस्थिती थियो । तर, यि अभिनेताले भने आर्यन र जीवनलाई डान्समा साथ दिएनन् ।
६ महिना अगाडी बाबु बनेका अभिनेता लुईटेललाई आर्यनले बधाई दिए भने जीवनले पनि गत बैशाखमा बिबाह गरेका आर्यनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । कार्यक्रममा जीवनका अत्यन्तै निकट मानिने साथीहरू तथा आफन्तहरूको उपस्थिती थियो ।

