‘लोफर’बाट निर्माता छवि ओझाले भित्र्याएकी रजनी केसीको पहिलो फिल्म सफल भएन । दोस्रो फिल्म ‘प्रवास’मा अभिनय गर्ने मौका पाएपछि भने फिल्मी कार्यक्रममा रजनीले आफ्नो उपस्थितीलाई बाक्लो बनाउँदै छिन् ।

चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सहभागी भएकै साता रजनी फिल्म ‘हँसिया’को प्रेस शोमा देखिइन् । ‘हँसिया’ हेर्न रजनीका गडफादर छवि ओझा पनि पुगेका थिए । तर, रजनी ‘हँसिया’ हेर्न छविसँगै सुन्धाराको सिभिल मल सेन्टरमा पुगेकी थिइनन् ।
रजनी म्युजिक भिडियो निर्देशक समन अधिकारीसँग ‘हँसिया’ हेर्न त्यहाँ गएकी थिइन् । रजनी र समनले एउटै लाइनको सिटमा बसेर पुरै समय ‘हँसिया’ हेरे । रजनी र छविबिच त्यती निकटता देखिएन । यस्तो वातावरण देखेर सहभागी सञ्चारकर्मीबिच कानेखुसी चल्यो, ‘छवि छोडेर समनतिर रजनी !’

