फ्राइडे रिलिज फिल्म ‘हँसिया’ नेपाली रंग पत्रकारलाई देखाइएको छ । मध्यान्ह सुन्धारास्थित सिभिल मलको शो हेर्न पुगेका रंग पत्रकारले ‘हँसिया’ को मेकिङ राम्रो रहेको प्रतिक्रिया दिए । मेकिङ पछि नव अभिनेत्री हेमा श्रेष्ठको फाइट र कलाकार अनुप विक्रम शाहीको अभिनयले सबैको ध्यान खिच्यो ।
(1).jpg)
तेक्वान्दोको थर्ड डन हेमाले ‘हँसिया’मा एक सय बढी फाइटरसँग एक्लै फाइट हानेकी छिन् । ‘अहिलेसम्म कुनै पनि नेपाली हिरो तथा हिरोइनले हेमाले जस्तो फाइट हानेको छैनन्,’ एक रंग पत्रकारले भने, ‘तर उनले आफ्नो बोलीमा बोल्डनेस ल्याउन जरुरी छ ।’ दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी हेमा फिल्म रिलिजको बेलामा भने एयर होस्टेस बन्ने चक्करमा देश बाहिर छिन् ।

त्यस्तै कलाकार अनुप विक्रम शाहीको अभिनयलाई सबैले प्रशंसा गरे । यसअघि‘सौर्य’ सहित केहि फिल्ममा अभिनय गरेका अनुप ‘हँसिया’मा हेमा जतिकै मार्क भए । अनुपको भूमिका जस्तै अभिनय पनि उत्तिकै दमदार रहेको प्रतिक्रिया रह्यो ।
अभिनेता राजेश हमालाई निर्देशक मिलन चाम्सले बोल्ड रुपमा प्रस्तुत गरेका छन् । फिल्मको छायाँकन पक्षलाई उत्कृष्ट मानियो । फिल्मलाई राम कुमार केसीले खिचेका हुन् । द्धन्द्ध राज कुमार उप्रेतीको रहेको छ । उनको द्धन्द निर्देशन पनि फिल्मको बलियो पक्ष हो ।
.jpg)
दुर्गा घले निर्मित फिल्म देशका करिब ८० वटा हलबाट प्रदर्शनमा आएको छ । ‘हँसिया’ को शुक्रबारको व्यापार मध्यम रहेको रिपोर्ट वितरण कम्पनी दर्शना आर्टस्को जानकारी छ ।

