Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`पुन्टे परेड`को पहिलो झलक

फिल्मीखबर, काठमाण्डौ, 2014/05/24

फिल्म ‘पुुन्टे परेड’ को फस्टलुक सार्वजनिक गरिएको छ । सुवास कोइराला निर्देशित यस फिल्ममा संयम पुरी र एन्जिला दाहालले मुख्य भूमिका निभाएका छन् ।

 

 

‘पुुन्टे परेड’ प्लस २ पढ्ने विद्यार्थीको मनोविज्ञानमा आधारित कमेडी फिल्म हो । प्रेसमिट गर्दै ‘पुटे परेड’ को पहिलो झलक सार्वजनिक गरिएको हो । हरि महत निर्मित यो फिल्म साउन २ गते अलनेपाल प्रदर्शन हुने जानकारी गराइयो । दर्शना आर्टस्ले फिल्म वितरणको जिम्मा लिएको छ ।

 



‘पुुन्टे परेड’मा संयम र एन्जिलासँगै निलु डोल्मा शेर्पा, गीता अधिकारी, श्वेता थापा, रविन्द्र खड्का लगायतको अभिनय छ । अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । फिल्मको कथा कलाकार निलुकै हो ।