एक समय रेखा थापा र जीवन लुइँटेलको जोडी रजतपटमा हिट थियो । रेखा र जीवनको ‘अन्दाज’ र ‘मालतीको भट्टी’ फिल्म व्यवसायिक रुपमा समेत हिट बन्यो ।
हिट जोडीको फाइदा उठाउँदै निर्देशक तथा निर्माता शोभित बस्नेतले रेखा र जीवनलाई लिएर फिल्म ‘जाऊँ हिंड पोखरा’ निर्माण गरेका छन् । जुन फिल्म पोष्ट प्रोडक्सन सकेर प्रदर्शनको पर्खाइमा छ । फिल्मलाई साउन २ वा ३० गते प्रदर्शन गर्ने शोभितको लक्ष्य छ ।
‘जाऊँ हिंड् पोखरा’ मा अभिनेत्री रेखा थापाको वास्तविक जीवनको केही पाटोलाई समेत समावेश गरिएको निर्देशक तथा निर्माता बस्नेतले बताउँदै आएका छन् । फिल्ममा हिरोइन रेखालाई फ्यान जीवनले फलो गर्नेछन् । हिरोइन रेखालाई फ्यान जीवनले पछ्याउने दृश्य फिल्ममा समावेश छ ।
रेखा र जीवनसँगै ‘जाऊँ हिंड पोखरा’ मा आरुष गुरुङको पनि अभिनय छ । लामो समय पछि रेखा र जीवन जोडी भएको फिल्म प्रदर्शनमा आउँदैछ । रेखा र जीवन भएकै कारण फिल्मको व्यापार राम्रो हुनेमा निर्देशक तथा निर्माता शोभित बस्नेत आशावादी छन् । पछिल्लो समय रेखा र जीवनले सँगै फिल्म खेलेका छैनन् ।

