Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमी गाउने सुष्मा नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/25

फिल्मबाट विश्राम लिई प्रेमीसँग मिलेर रेष्टुरेन्ट सञ्चालनमा व्यस्त रहेकी अभिनेत्री सुष्मा कार्कीले नेपालका झन्डै एक दर्जन जिल्लामा पुगी नृत्य पस्कने भएकी छिन् । ‘वाइड इभेन्ट नेपाल टुर २०७१’ नाम दिइएको यस यात्रामा सुष्माका प्रेमी निरन पनि साथमै रहनेछन् ।

 



अनुप्रस्थ ब्यान्डका भोकलिस्ट निरनले गाउने छन् भने सुष्माले नाच्नेछिन् । सुष्मा र निरनको बिचमा ब्रेक अप समेत भएको थियो । आपसी समझदारीमा यो जोडीको पुर्नमिलन भयो । रेष्टुरेन्टमा सञ्चालनमा व्यस्त सुष्मा फिल्ममा भने धेरै भयो देखिएकी छैनन् । उनी देश तथा विदेशका कार्यक्रममा भने व्यस्त छिन् ।

सुष्मा र निरनसँगै यो यात्रामा गायक सुगम पोखरेल, युवराज चौलागाइँ, कमल क्षेत्री, रुपक डोटेल सहित अन्य गायक, कमेडियन कलाकारको सहभागिता रहनेछ । साउन्ड मुभिज मेकर्स र स्टेज डेकोरको संयुक्त आयोजना रहेको यो यात्रा यही जेठ २० गतेदेखि असार ४ गतेसम्म चल्नेछ ।