Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडामा `खतरनाक`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/25

मकवानपुरका प्रहरी उपरिक्षक गणेश ऐरले क्लाप हानेर फिल्म 'खतरनाक'को मुहुर्त गरे । गत शनिबार हेटौंडाको एक पार्टी प्यालेसमा प्रमुख अतिथि ऐरसँगै सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक नेत्र ब। कार्कीले कयामरा अन गरे भने वितरक नरेन्द्र महर्जनले नरिवल फोडेर मुर्हत गरे ।

 

 

ऋषि न्यौपानेको निर्देशन रहने 'खतरनाक' एबि प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको हो । 'खतरनाक'मा हर्षिका श्रेष्ठ, बिरेन्द्र डिसी, अमित कुईंकेल, दिपेशराज पाण्डेलगाएतका कलाकारहरुको अभिनय रहने छ । मौनता श्रेष्ठको लेखन रहेको यो फिल्मले देश र परिस्थी अनुरुप कथा बोक्ने बताईएको छ ।