Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मैले कतिको चित्त बुझाउँ ?` : निशा अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/25

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही अभिनेत्री निशा अधिकारी अभिनित फिल्म ‘मुखौटा’ आउँदो जेठ ३० गते अल नेपाल प्रदर्शन हुँदैछ । फिल्ममा उनले 'माया'को भूमिका निभाएकी छिन् ।

 

‘मुखौटा’ की मायालु निशासँग मिडियामा आएका मायाको हल्ला, फिल्ममा देखिएको कम सक्रियता लगायतको विषयमा फिल्मीखबरले कुराकानी गरेको छ । कसरी गति कम भयो ? यहि जिज्ञासाको उत्तर निशाकै शब्द शैलीमा ।

 

चार वटा फिल्म प्रदर्शनको क्रममा छन् । म सगरमाथा चढेको वर्ष ‘पद्मिनी’ फिल्म प्रदर्शन भएको थियो । सगरमाथा चढ्नु कुनै जोक हैन । यो फिल्म सुटङ गरे जस्तो पनि हैन । मैले संसारलाई चिनाउने काम गरेको छु । संसारमा कुनै पनि कलाकारले यस्तो काम गर्न सक्दैन । तिब्र गति पनि त राम्रो हैन नि । म गतिमा बग्ने मान्छे पनि होइन र मलाई नम्बरमा होडबाजी पनि छैन ।

 

प्रतिस्पर्धा मेरो सोचमै छैन । मैले मेरो ईच्छाको लागि काम गरेको हो । म कुनै दिन फिल्म नखेल्न पनि सक्छु । यदि त्यस्तो लाग्दैन भने म किन केकी अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, गरिमा पन्त, दिया मास्केको प्रशंसा गर्दै हिड्थें र ? आफनो जिन्दगीको आफ्नै निमय हुन्छ । भोली मरि लानु के छ र ? गधाले जस्तै काम गर्नु पनि राम्रो होइन ।

 

रोयल्टी बिना नै सगरमाथा चढेको भन्ने समाचार आयो, हाम्रो समुहको शेर्पा मरेकोदेखि शेर्पाले मेरो खुट्टा मालिस गरेको भन्ने समाचार समेत आयो । यी सबै झुठा समाचार थिए । कुनै पनि नेपालीलाई सगरमाथा चढ्न रोयल्टी नै चाहिंदैन । शेर्पाले मेरो खुट्टा मोले भन्ने कुरा गलत हो । तर सगरमाथा चढ्ने बेलामा शेर्पा र हामी घनिष्ठ चाहिं भैसकेको थियौं । मेरो सगरमाथा चढ्ने दश वर्ष देखिको सपना थियो । यस्ता झुठा समाचारले मलाई कुनै पनि असर गरेन । मैले आफ्नै प्रश्नको उत्तर पाएँ । समाचारमा आयो ‘निशा सगरमाथामा नै मर्न चाहन्थिन्’ तर म चाहन्थें सकुशल घरमा फर्किउँ । घरमा आएर आमा बुवालाई भेटें ।

 

नेपाली नयाँ वर्षमा सनी लियोन नाचेको कार्यक्रममा म किन गएँ ? भनेर धेरैले अनेकथरी टिप्पणी गर्नुभएछ । तर, मलाई यसको कुनै मतलब छैन । सनीलाई बलिउडले समेत स्विकारी सक्यो भने हामीले किन टाउको दुखाउने ? त्यसो हो भने त उसको फिल्म पनि बहिस्कार गर्नुपर्यो । सनीको फिल्म चलाउने हलवाला र दर्शक सबैलाई गाली गर्नुपर्छ । म कला क्षेत्रको व्यक्ति हुँ कसरी बहिस्कार गर्न सक्छु ? उसले जुन देशमा एडल्ट फिल्म खेल्ने स्विकृति थियो त्यही देशमा खेल्यो । भारत र नेपालमा त खेलेको छैन नि !

 

२ वटा बंगाली फिल्ममा अभिनय गर्ने भनेर साइन भएको थिएँ । ब्यानर साझेदारीको नीति सरकारले खारेज गरिसकेको रहेछ । त्यसैले त्यो बंगाली फिल्म के हुन्छ ? थाहा छैन । कुरा रह्यो मेरो र क्रिकेटर शरद भेषवाकरको प्रेमको । शरदसँग मलाई सँगै फिल्म हेर्न जाँदा मिडियाले देख्यो, कार्यक्रममा देख्यो । समाचार केही भएन होला । हाम्रो बारेमा लेख्यो । यसमा मलाई केही बोल्नु छैन । अरुसँग पनि त फिल्म हेर्न, कार्यक्रममा पुगेको हुन्छु नि !

 

मेरो मिडियासँग सम्बन्ध राम्रो छैन भनिन्छ रे । तपाईं नै भन्नुस्, मैले कति जनाको चित्त बुझाउने ? केही दिनपछि फिल्मको सुटिङ हुँदैछ । फिल्म निर्देशनमा आउने सोच छ । मेरो गति यसरी नै अगाडी बढिरहन्छ ।