असार २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नागबेली’को प्रोमो सार्वजनिक गरिएको छ । नृत्य निर्देशक गोविन्द राई निर्देशित यो फिल्म विदेश जान बाध्य युवाहरुको संघर्षको कथामा आधारित छ ।
समिक्षक दिपेन्द्र लामाद्धारा लिखित यस फिल्ममा दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गराच, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाँल र नव कलाकार सम्भव श्रेष्ठको मुख्य भूमिका रहेको छ । निर्देशक गोविन्द राईको बहिनी रोमियन लिम्बुको लगानी छ ।

