'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७१' यहि जेठ २६ गते एक भव्य समारोहका विच सम्पन्न हुँदैछ । उक्त समारोह सञ्चालन चार चर्चित सेलिब्रेटीले गर्नेछन् ।

कमलादीस्थित प्रज्ञा भवनमा दिउँसो ३ बजेदेखि शुरू हुने ओफा अवार्डलाई सारथीको रूपमा अभिनेता जीवन लुईटेल, अभिनेत्री रीमा विश्वकर्मा, चर्चित भिडियो जक्की सुशिल नेपाल र अभिनेत्री तथा रेडियो जक्की कृती भट्टराईले सञ्चालन गर्नेछन् । आ-आफ्नो ठाउँमा आ-आफ्नै परिचय बनाईसकेका यि चर्चित सेलिब्रेटीले कार्यक्रमलाई आकर्षक बनाउने बताए ।
यस्तै कार्यक्रममा अहिलेका चर्चित बाल अभिनेता तथा अभिनेत्री अनुभव रेग्मी र सुज्ञानी भट्टराईको नृत्य मुख्य आकर्षणको रूपमा रहनेछ । यसैगरी हाँस्य कलाकार सिताराम कट्टेल 'धुर्मुस'को प्रहशनले उपस्थित दर्शक, न्यूज२४ टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहनु भएका दर्शक तथा देशभरका ८ वटा एफएम सुनेर बस्नुभएका स्रोतालाई पेट मिचिमिचि हँसाउने छ ।
कार्यक्रमको अर्को आकर्षण अभिनेता गजित बिष्ट, यशराज गरच, अभिनेत्री निश्मा घिमिरे, बर्षा सिवाकोटी र करियोग्राफर गम्भिर बिष्टको नृत्य पनि रहनेछ । यसैगरी अहिलेका चर्चित गायक प्रेम परियारले हललाई गुञ्जायमान गराउन सहयोग पुर्याउने छन् ।
लाईफ टाईम अचिभमेन्ट अवार्ड सहित जम्मा २० बिधामा अवार्ड वितरण गरिंदै छ । यस बर्ष लाईफ टाईम अचिभमेन्ट अवार्डले स्वर्गिय शिव रेग्मीलाई सम्मान गरिंदै छ । यहि अवार्ड वितरणसँगै ओफाले बर्ष ७०मा रिलिज भएका फिल्महरूलाई आधार मान्दै बर्ष पपुलर फिल्मकर्मी घोषणा गर्नेछ । आफूलाई मन पर्ने सेलिब्रेटीलाई जिताउन अनलाईन तथा एसएमएस भोट गर्न सक्नु हुनेछ ।
अनलाइन भोटिङका लागि यहाँ क्लिक गर्नुहोस् Online Vote_OFA2071
एसएमएस भोटिङका लागि यहाँ क्लिक गर्नुहोस् SMS Vote_OFA2071

