Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्यानको सुरक्षा माग गर्दै हनुमानढोकामा ड्रेस डिजाइनर

फिल्मीखबर, काठमाण्डौ, 2014/06/05

ड्रेस डिजाइनर मार्टिन खानले निर्माता हरी महत विरुद्ध महानगरीय प्रहरी प्रभाव हनुमानढोकामा निवेदन दर्ता गराएका छन् । उनले मंगलबार हनुमानढोकामा ज्यानको सुरक्षा गरी पाऊँ भनी निर्माता महत विरुद्ध निवेदन दर्ता गराएका हुन् ।

पाँच वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘आइ एम सरी’ मा ड्रेस डिजाइन गरे वापतको पारिश्रमिक रकम माग गर्दा निर्माता महतले गाली गलौज सहित ज्यान मार्ने धम्की दिएपछि आफ्नो ज्यानको सुरक्षाको माग गर्दै हनुमानढोका प्रहरी प्रभागसम्म पुगेको डिजाइनर खानले बताए । उनले भने, ‘पारिश्रमिक रकम माग गर्दा मलाई उहाँले ज्यान मार्ने धम्की दिनुभयो । भोली जे पनि हुन सक्छ भनेर प्रहरी प्रभागमा ज्यानको सुरक्षा माग गर्दै निवदेन दर्ता गराएको हुँ ।’

‘आइ एम सरी’ फिल्ममा ड्रेस डिजाइन गरे बापतको ५ लाख रुपैयाँ भने निर्माता संघको रोहबरमा निर्माता महतबाट उठाउने उनले बताए । यता फिल्म ‘पुण्टे परेड’ प्रदर्शनको दौडधुपमा रहेका निर्माता हरी महतले भने डिजाइनर खानलाई आफूले ज्यान मार्ने धम्की नदिएको जिकिर गरे ।

‘वाइड इभेन्ट’ नामक नेपाल टुरको लागि हाल काठमाण्डौं बाहिर रहेका निर्माता महतले फिल्मीखबरसँग भने, ‘मोबाइलमा कुराकानी हुँदा मार्टिनजीसँग सामान्य भनाभन भएको हो । मैले ज्यान मार्ने धम्की दिएको छैन । बरु उहाँले मलाई नै उल्टै ज्यान मार्नेसम्म धम्की दिनुभएको छ ।’ डिजाइनर खानसँग आफ्नो कुनै हिसाब किताब बाँकी नरहेको समेत उनले दाबी गरे ।
 

Most Visited News (monthly)