अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन एवं अभिनय रहेको फिल्म ‘हिम्मतवाली’ ले सोलो रिलिजको सम्भावना गुमाउने अवस्था छ । असोज १५ गते रेखाको ‘हिम्मतवाली’सँगै ‘एउटा साथी’ फिल्म प्रदर्शनमा आउने भएको छ ।
वितरकले नलिए आफैंले वितरणको जिम्मा लिएर ‘एउटा साथी’ निर्माण युनिट फुलपातीमा ‘हिम्मतवाली’सँग भिड्न कस्सिएको छ । निर्देशक एवं फिल्म निर्माणमा ब्यानर साझेदारी गरेका लक्ष्मण सुवेदीले भने, ‘जुधाउन भन्दा पनि फुलपातीमा हामीले फिल्म प्रदर्शन गर्न लागेका हौं । कुन मितिमा चाहिं फिल्म नजुधेको छ र ?’
लक्ष्मणले आफ्नो फिल्ममा दम रहेकाले दर्शकले मन पराउने समेत विश्वास व्यक्त गरे । पूर्ण प्रेम कथाको फिल्म निर्देशन गरेका उनले थपे, ‘रेखाजीको स्टारडम होला तर हाम्रो फिल्ममा दम छ ।’ उनले ‘हिम्मतवाली’ र ‘एउटा साथी’ लाई प्रतिस्पर्धात्मक शैलीमा तुलना नगर्न आग्रह गरे ।
सञ्चारकर्मी सुवेदीले पहिलो पटक फिल्म निर्देशन हात हालेका हुन् । सलोन बस्नेत, रिस्ता बस्नेत, जोन तामाङ, अनु शाह लगायतको अभिनय रहेको फिल्म हाल पोष्ट प्रोडक्सनमा छ । फिल्मलाई रामचन्द्र खनालले निर्माण गरेका हुन् ।
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-
`हिम्मतवाली`सँग `एउटा साथी`
फिल्मीखबर, काठमाण्डौ, 2014/06/05
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
- बिहेपछि फिल्म नखेल्ने भनेकी पूजाले फेरिन् बोली
Most Visited News (monthly)

