Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

जेनिसालाई डोटेली समस्या

फिल्मीखबर, काठमाण्डौ, 2014/06/03

वर्ष ०७० सालमा ‘आधी बाटो’ फिल्म दिएकी अभिनेत्री जेनिसा केसी ०७१ सालमा ‘काले’ फिल्म मार्फत दर्शकसामु आउँदै छिन् । ‘आधी बाटो’ की हट गर्ल जेनिसा ‘काले’ फिल्ममा भने साधारण युवतीको रुपमा प्रस्तुत हँदैछिन् ।

जेनिसाले ‘काले’ मा नेपालको डोटी जिल्लामा बोलिने स्थानिय लवजको भाषा बोलेकी छिन् । शहरिया रहनसहनमा रहेकी जेनिसाले कहाँबाट डोटेली लवज जान्नु ? पत्रकारको भूमिकामा प्रस्तुत भएकी जेनिसाले सिकेरै भएपनि डोटेली लवजको भाषा बोलेरै छाडिन् ।

डोटेली लवजमा उनले ‘काले’मा आफ्नो स्वर समेत रेकर्ड गराइ सकेकी छिन् । डोटीकै एक व्यक्तिसँग जेनिसाले त्यहाँको स्थानिय लवजको नेपाली भाषा सिकेको बताईन् । झन्डै दुई साताको प्रयास पछि आफू डोटेली लवजमा बोल्न सक्ने भएको जेनिसाले सुनाइन् ।

डोटेली भाषाको डविङ राम्रो भएपछि जेनिसा यतिबेला मख्ख छिन् । भन्छिन्, ‘फिल्म टिपिकल नेपाली हो । दर्शकलाई मन पर्नेमा विश्वस्त छु ।’ उद्धव अविदित निर्देशित ‘काले’ सडक बालबालिकाको कथामाथि निर्माण भएको फिल्म हो ।

Most Visited News (monthly)