असार २७ गते अर्को गोविन्द राईको ‘नागबेली’सँगै अर्को एक फिल्म प्रदर्शन हुने भएको छ । यो मितिमा ‘चिहान’ नामक फिल्म प्रदर्शन हुनेछ । अभिनेत्री पूजना स्त्री र अभिनेता निरज बराल यस फिल्मका मुख्य पात्र हुन् ।

निर्देशक बद्रिकृष्ण श्रेष्ठका अनुसार ‘चिहान’ नाम जस्तो डरलाग्दो छैन । फिल्मले श्रीमान र श्रीमती बिचको शंका गर्ने बानी अनि त्यसले निम्त्याउने परिणामको कथालाई भन्नेछ । पूजना र निरजले पती पत्नीको भूमिका निभाएका छन् । रमेश थापा र मेनुका श्रेष्ठले ‘चिहान’ मा लगानी लगाएका छन् । संगीत रेखा पौडेलको छ ।

