अभिनेत्री पूजना स्त्रीले ‘चकलेट’ फिल्म निर्माण गर्ने भनी जानकारी गराएको लामै समय भैसक्यो । तर हालसम्म फिल्मको छायाँकन सुरु हुन सकेको छैन । निर्मल शर्मा ‘गैंडा’ ले निर्देशन गर्ने यो फिल्मको छायाँकन ०७१ सालको नयाँ वर्षमा सुरु गर्ने योजना थियो ।
किन योजनाअनुरुप फिल्मको छायाँकन सुरु हुन सकेन् ? किन रोकियो फिल्म ? के फिल्म निर्माण नै नहुने हो ? निर्मात्री पूजना स्त्रीले यी जिज्ञासालाई मेटाउने प्रयास गरेकी छिन् । पूजनाका अनुसार फिल्म निर्माण नहुने कुरामा कुनै द्धविधा छैन । भदौका पहिलो साताबाट फिल्मको छायाँकन हुनेमा उनले विश्वस्त पारिन् ।
‘चकलेट’ को छायाँकन सर्न गएको बारे पूजनाले भनिन्, ‘विदेशको कार्यक्रममा जानु पर्ने भएकाले फिल्मको छायाँकन सर्न गयो ।’ भदौ अगाडी पूजना मलेसिया, हङकङ र लण्डनमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुँदैछिन् । सडक बालबालिकाको विषयमाथि बन्ने यो फिल्ममा पूजना नै मुख्य भूमिकामा हुनेछिन् ।

