Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोगिएला गरिमाको उचाई ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/18
‘झोला’ फिल्मले अभिनेत्री गरिमा पन्तलाई फिल्म क्षेत्रमा नपाएको सफलता दिलायो । सती प्रथाको यो फिल्म व्यवसायिक रुपमा सफल भएपछि गरिमा एकाएक चर्चामा आइन् । 
 
गरिमाले ‘झोला’ फिल्मबाट सार्क फिल्म फेस्टिभलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् । गरिमालाई राष्ट्रपति रामवरण यादवले समेत देशको नाम राखेको भन्दै शितल निवासमा बोलाएर बधाई दिए । ‘झोला’ बाट चर्चा कमाएकी गरिमाले‘रङ वैजनी’ र ‘ठूली’ फिल्ममा शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । गरिमाको ‘ठूली’ भदौ ६ गते प्रदर्शनमा आउँदैछ ।
 
‘झोला’ मा सती जाने श्रीमतीको रुपमा प्रस्तुत भएकी गरिमा ‘ठूली’ मा भने एक्सन रोलमा देखिएकी छिन् । जीवन लुइँटेल उनको अपोजिटमा छन् । ‘झोला’ बाट उच्च भएको गरिमाको उचाई ‘ठूली’ बाट जोगिएला ? 
Most Visited News (monthly)